धनगढी, ६ असोज । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको बजेट बहुमतले पारित भएको छ । भदौ ३१ गते प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले पेस गरेको ३१ अर्ब ६२ करोड बराबरको बजेट आइतबार प्रदेश सभाबाट बहुमतले पारित भएको हो ।
आज (आइतबार) विहान बसेको प्रदेश सभाबाट बजेट बहुमतले पारित भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुले बजेटको विपक्षमा मतदान गरेका छन ।