प्रधानमन्त्रीद्वारा उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी

Avatar
धनगढी टुडे समाचार डेस्क

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा उपचारार्थ उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्कालाई प्रोष्टेटमा समस्या भएपछि आज छाउनीमा भर्ना हुनुभएको हो ।

अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी प्राध्यापक डा भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले उहाँको प्रोष्टेटको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको छ ।

शल्यक्रियापश्चात अस्पतालको वार्डमा रहनुभएका रक्षामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रा डा भण्डारीले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उहाँ केही दिन अस्पतालमै रहनुहुने जनाउँदै हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो । खतिवडा मन्त्री खड्काको स्वास्थ्य अवस्था बुझ्न अस्पताल जानुभएको थियो ।

प्रतिक्रिया

FaceBook Comment Plugins