काठमाडौँ: एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ । आज सोमबार भएको ड्र अनुसार नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो । एक महिनाअघि एसिया कप क्रिकेट पहिलाे पटक भारतसँग ओडीआई खेलेकाे नेपालले एसियन गेम्समा भारतसँग पहिलाे पटक टी-२० आई खेल्ने भएकाे हाे ।
नेपाल र भारतबीचको खेल मंगलबार बिहान ६:४५ बजेबाट सुरु हुनेछ। क्वार्टरफाइनलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसिया खेल्ने छन् ।
भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेश विश्वकप क्रिकेटको तयारीमा छन् । त्यसैले उनीहरुले एसियाली खेलकुदमा दोस्रो श्रेणीको टिमलाई पठाएका छन् । समूह चरणमा नेपाल, मंगोलिया र माल्दिभ्स विरुद्ध ऐतिहासिक जीत निकाल्दै क्वार्टर फाइनलमा पुगेको हो ।
एसियाली खेलकुदको क्रिकेटमा भारतले सिनियर टिम पठाएको छैन। यद्यपी रुतुराज गायकवाडको कप्तानीमा रहेको भारतीय टिममा आइपिएलमा चलेका स्टार खेलाडी छन्। टिममा यशस्वी जैशवाल, अर्शदिप सिंह, शिभम् दुवे, वासिङटन सुन्दर, रिंकु सिंह, तिलक बर्मा लगायतका खेलाडी छन्।