धनगढी उपमहानगरपालिकाले मालपोत कार्यालय धनगढीमा सोलार पावर जडान गरेको छ । विद्युत् गएको समयमा मालपोतको सेवा अवरुद्ध हुने भएकाले उपमहानगरपालिकाले सोलार पावर जडान गरको हो ।
विद्युत सेवा अवरुद्ध हुदा मालपोत कार्यालयको सेवा ठप्प रहने अवस्थाको अन्त्य गर्न उपमहानगरपालिकाले सोलार पावर जडान गरेको नगरप्रमुख गोपाल हमालको सचिवालयले जनाएको छ ।
धनगढी र अन्य स्थानीयतहबाट आएका सेवाग्राहीले एउटै कामका लागि ३/४ दिनसम्म कुर्नु पर्ने अवस्थाको अन्त्य गर्न सोलार पावर जडान गरिएको हो। सोलार पावर जडान भएसँगै बत्ती नभएको अवस्थामा पनि सेवाग्राहीको काम सुचारु हुनेछ ।
धनगढी उपमहानगरपालिकाले ९ लाख ९८ हजारको लागतमा सोलार पावर जडान गरेको जनाएको छ । नेपाल उर्जा विकास कम्पनी प्रालि, काठमाडौंले भूमिसुधार तथा मालपोत कार्यालयमा सोलार ईन्भटर पावर व्याकपको जडान कार्य गरेको हो। बिहिवार एक समारोह आयोजना गरेर प्राध्यापक डाक्टर हेमराज पन्तले उक्त सोलार पावर उद्घाटन गरेका छन् ।
सो अवसरमा नगर प्रमुख गोपाल हमाल, भूमिसुधार तथा मालपोत कार्यालय धनगढी, कैलालीका कार्यालय प्रमुख, नापी कार्यालयका प्रमुख, धनगढी उपमहानगरपालिका डिभिजन इन्जिनियर लगायत मालपोतका कर्मचारी र सेवाग्राहीको उपस्थिति रहेको थियो।