कविता : थाकेको म

धनगढी टुडे समाचार डेस्क

थाकेको म,
यो महासंग्राम जिन्दगीको
कहिले मर्दा मर्दै यो जिउने रहर
अनि कहिले जिउदा जिउदै यो मर्ने रहर
यो महासंग्राम जिन्दगीको
कहिले यो परिस्थिति
अनि कहिले त्यो बेथिति
स्वत्रन्त्र भित्र हराएको मेरो दासता
अनि दासता भित्र लुकेको मेरो स्वतन्त्रता
चाहना भित्र पिल्सिएका मेरा यी इक्ष्याहरु
अनि इक्ष्याहरुमा हराएका मेरा चाहनाहरु
न कुनै बेग, न यो जिबनको कुनै उदबेग
न यो कुनै उपासना,
न त तिम्रो र मेरो सम्बन्धको कुनै भे।

advertisement

यो महासंग्राम जिन्दगीको
कहिले मर्दा मर्दै यो जिउने रहर
अनि कहिले जिउदा जिउदै यो मर्ने रहर
कसको लागि जिउने यहाँ
कसका लागि यति मरिहत्ते
आधि उमेर पार गरिसके
न त अब अरु गर्नु छ कुनै फतेह
यो दिनरातको भागदौड,
यो काट्न नसकेको समय
कम छैन कुनै चक्रब्युह भन्दा
आखिर कसका लागि यति मरिहत्त्ते
देख्छु जब आफ्नैले पनि मेरो खेदो खन्दा।

advertisement

यो महासंग्राम जिन्दगीको
कहिले मर्दा मर्दै यो जिउने रहर
भीडभित्र हराएछु
कसका लागि काम गर्ने मरिमेटेर यहाँ?
न बोल्नको लागि समय,
न हास्नको लागि समय,
कसका लागि खै यति मरिहत्ते गर्ने?
माया यहाँ मायाजालको
सपनाहरु यहाँ सबै खयाल खयाल को
समबन्धहरु मा अर्थ खोजिन्छ
यहाँ मन हैन हजुर धन रोजीन्छ
खै कसका लागि जिउने हजुर
थाकेको म,
यो महासंग्राम जिन्दगीको
कहिले मर्दा मर्दै यो जिउने रहर
अनि कहिले जिउदा जिउदै यो मर्ने रहर।
थाकेको म।

– श्याम श्रेष्ठ
अमेरिका