सुदूरपश्चिमका चेलीहरूको तीज गीत ‘किन्दिनु बाबाले झुम्काना’ सार्वजनिक

धनगढी टुडे समाचार डेस्क

धनगढी, साउन १९ । हिन्दु नारीहरूको महान पर्व तीज नजिकिँदै गर्दा तीजका गीतहरू बजारमा आउने क्रम बढ्दो छ । तर, कतिपय गीतले मौलिक परम्परामाथि प्रहार गरेको र धर्म, संस्कृति र सिङ्गो सङ्गीत क्षेत्रलाई विकृत तुल्याएको भन्दै आलोचना भइरहेको छ ।

advertisement

यसरी बढ्दो विकृतिलाई निरुत्साहित गर्दै सुदूरपश्चिमका चेलीहरूले मौलिक तीज गीत सार्वजनिक गरेका छन् । बिहीबार विशेष फिल्म्स युट्युब च्यानलमार्फत् मौलिक तीज गीत “किन्दिनु बाबाले झुम्काना” सार्वजनिक भएको हो । यस गीतमा सुदूरपश्चिम घर भएका ११ जना गायिकाले स्वर दिएका छन् ।

उक्त गीतमा हेमन्ता भट्टराई, गौरी भट्ट, रेखा जोशी, शोभा थापा, निरूता खत्री, दीपा रोकाया, पशुपती खनाल, भावना चन्द, कृष्णा सिराडी, ऋतु थापा र गौरी ओझाको स्वर रहेको छ । हेमन्ता भट्टराईको शब्द र संगीत रहेको गीतमा विजय थापाले संगीत संयोजन गरेका छन् ।

advertisement

वर्षको एकदिन आउने तीजमा छोरीचेलीहरूलाई नाच्न मन लाग्ने भएकाले झुम्काना किन्दिन गीतमार्फत् बुवालाई आग्रह गरिएको छ । “बुवाआमाले किनिदिएको सामान लगाएर दिदिबहिनी साथीसंगीसँग नाचगान गरी रमाउनुको मम्जा नै बेग्लै हुन्छ, त्यही प्रसंग जोडेर यो गीत ल्याएका हौं” गायिका भट्टराईले बताइन् ।

उक्त गीतको भिडियोमा प्रवीण थापाको निर्देशन रहेको छ । भिडियोमा सिम्रन दुलाल, अनिता साउँद लगायतको नृत्य देख्न सकिन्छ । चक्र बरालले छायांकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस ।

https://youtu.be/EQ4cil_FC-4?si=uFG4czMpHxG1Orpj