गायक सरोज के लामाको शब्द संगीत र स्वरमा ‘साझँ पर्नु अघी’ सार्वजनिक

धनगढी टुडे समाचार डेस्क

काठमाडौं, ४ असार । गायक सरोज के लामाको शब्द संगीत र स्वरमा रहेको “साझँ पर्नु अघी” गीतको भिडियो सार्वजनिक भएको छ । यथार्थ कथामा निर्माण भएको गीती भिडियोमा प्रेम र विछोडलाई निकै आकर्षक ढंगबाट समेटिएको छ ।

advertisement

गायक लामा १४ बर्ष अगाडि “लाखौ कोसिश गर्दा पनि तिमीलाई भुल्न गार्हो भो” गीतमा संगीत भरेर चर्चामा आएका एक सफल संगीतकार पनि हुन् । ऊनी संगीतकार मात्र नभई एक सफल गीत रेकर्डिङ्ग स्टुडियो संचालक समेत हुन ।

साथी भेटन गएकी प्रेमी आफुलाई गुधुली साँझ हुदाँ पनि नआएको अवस्थालाई गीतलाई चित्रण गरिएको छ । आफनो प्रेमीकाले अर्काको अगालोमा बेरिदाको विरही भावहरुलाई गीतमा चित्रण गरिएको छ । आफनो माया लाई सुन्दर ठाउँ पुयाउनको लागी अग्रसर भएको अवस्थामा छोडेर प्रेमीका जादाँ आफुलाई अफटयारो महसुस भएको कुरा गीतमा गरिएको छ । सरोजराज गिरीको छायाँकन, रोशन धितालको सम्पादन तथा सरोज के लामाको निर्देशनमा भिडियो तयार गरिएको छ ।’साझँ पर्नु अघी ’

advertisement

राम स्यानताङ , पूर्णिमा मगर, विजय लामाको फिचरिङमा रहेको छ । गीतको भिडियो तथा अडियो पक्ष अब्बल भएको कारणले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायक सरोज के लामाले बताए ।

’साझँ पर्नु अघी ’गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।