अनु अर्याल
धनगढी, कैलाली
हारेको लाई हराउदैमा तिमीलाई म
कसरी जित्यौं भनु ?
हरियार सँग न डराएको मान्छे
आज त रित्तो गोजि सँग पनि डराउछ् ,
हे परदेश ! ( विदेश)
तिमीलाई म कसरी जित्यौं भनु ?
तिमी एक समुद्र हाैँ ,
जब जब रित्तो गोजिले प्रश्न गर्छ।
तब तब एक युवाले परदेश सम्झन्छ।
कतिका रहर भइदिन्छन् त ,
कतिका बाध्यता यहाँ
त्यसैले काधँका भारी भन्दा बढी
जिम्मेवारी सम्झन्छ।
जादाँ बाबुले निधारका डाडी खुम्चिन्छन् त
आमाका गाठो पारि राखेका पटुकिका कुना खुल्छन्।
बहिनीका नयाँ सपना जन्म छन् त
दाजुले एउटै विकल्पमा यहाँ विदेश सम्झन्छ।
सँगैको साथिमा पनि कसैको प्रगति
बेजोड देखिन्छन् त ,
कसैको मृत्यु शरीर स्वदेश फर्कन्छ।
नकरात्मकताले छिटो तर्साउछ यहाँ
सपना मरे पछि सास रोकिन्छ।
तब एक युवा पनि जोसिलो शरीर
यहाँ मृत्यु सम्झन्छ।
खुशीले टाढीने युवाले मात्रै
दुँ ख पर्दा स्वदेश सम्झन्छ ।
नत्र हर्दम परदेशले घर सम्झन्छ।
जब जब रित्तो गोजिले प्रश्न? गर्छ
तब मात्र युवाले विदेश सम्झन्छ।