नेपाल आयल निगमले पेट्रोल, डिजेल-मट्टीतेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको छ ।
निगमले पेट्रोल प्रतिलिटर ४ रुपैयाँ, डिजेल–मट्टितेलप्रतिलिटर २ रुपैयाँ र एलपी ग्यास प्रतिसिलिन्डर १५ रुपैयाँका दरले मूल्य वृद्धि गरेको छ । आज बुधवार बसेको निगम सञ्चालक समितिको निर्णय अनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुने जनाइएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट बुधवार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।