धनगढी उपमहानगरले नि:शुल्क क्यान्सर हेल्थ शिबिर सन्चालन गर्दै

धनगढी टुडे समाचार डेस्क

धनगढी उपमहानगरपालिकाको वडा नम्बर १९ मा ‘आमा बचाउ’ कार्यक्रम अन्तर्गत नि:शुल्क क्यान्सर हेल्थ क्याम्प आयोजना हुने भएको छ।

advertisement


धनगढी उप­महानगरपालिका र सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेको सहकार्यमा फागुन ५ गते शनिबार एकदिने नि:शुल्क क्यान्सर हेल्थ क्याम्पको आयोजना गर्न लागेको हो।

advertisement

धनगढी उपमहानगरपालिका-१९ मा रहेको फूलवारी स्वास्थ्य चौकीमा सञ्चालन हुने नि:शुल्क क्यान्सर हेल्थ क्याम्पमा सम्पुर्ण आमा-दिदिबहिनीहरुलाई सहभागी भई मौकाको फाइदा लिन उपमहानगरपालिकाले आग्रह गरेको छ।

यसअघि पनि धनगढी उपमहानगरपालिकाले दुई पटक क्यान्सर हेल्थ क्याम्पको आयोजना गरिसकेको जनाएको छ।