सुदूरपश्चिम सूचनाको हकको लागि राष्ट्रिय महासंघ सुदूरपश्चिमको अध्यक्षमा जोशी

धनगढी टुडे समाचार डेस्क

सूचनाको हकको लागि राष्ट्रिय महासंघ सुदूरपश्चिमको कमिटी चयन भएको छ । धनगढी उपमहानगरपालिका-१६ भादा होमस्टेको सभाहलमा सम्पन्न पहिलो प्रदेश अधिवेशनबाट अध्यक्षमा पत्रकार पुष्पराज जोशी सर्वसम्मत निर्वाचित भएका हुन् ।

advertisement

महासंघको उपाध्यक्षमा चन्द्रकान्त पनेरु र इन्द्रा दानपाली निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा निराजन परियार, सचिवमा मनिष बिक र सुशीला भट्ट, कोषाध्यक्षमा रसुता जैरु निर्वाचित भएका हुन् ।

advertisement

सदस्यहरुमा देवराज बडु, निरज धामी, इन्द्रा धामी,विवेक नागरी, एकेन्द्र चन्द, ईश्वर जैसी र अर्जुन सिंह सर्वसम्मत निर्वाचित भएका छन् । २१ सदस्यीय कार्यसमिति मध्य अन्य सदस्यहरुलाई कार्यसमितिले मनोनित गर्ने निर्णय भएको छ ।

नवनिर्वाचित कार्यसमितिले नागरिकको सूचनाको हक प्रत्याभूति हुने गरेर काम गर्ने अध्यक्ष जोशीले बताए । उनले संविधानले सुरक्षित गरेको सूचनाको हक कार्यान्वयनका लागि अभियान नै सञ्चालन गरिने बताए ।