लघुकथा: समय

धनगढी टुडे समाचार डेस्क

लेखक: लक्ष्मीप्रसाद पौडेल
धनगढी, कैलाली

advertisement

—– कालो रंग छापिएको छ त अनुहारमा !
—– मान्छेको जातै कालो हुन्छ !
—– उहिले त कालो कोइला मात्र हुन्थ्यो !
—– ऊहिले कालो बलिष्ठ हुन्थ्यो ! अहिले रातो कालिएको हो !

—” अलग राखेको भए के जान्थ्यो । मिसाएर कुन रङ्गीन खोजेका हुन् कुन्नि ? रातोले कालोलाई रक्त्याउँछ सोचेको होला । यो रगत जमेर चिसिएको समय हो । हातखुट्टा नसा दोब्रिसकेको समय हो । बाउँडिएर पिँडुला गाँठा परिसकेको उमेर हो ।”

advertisement

—-” ए त्यसो हो र ! फोक्सोले रगत बनाउन छोडेर मुटुले कुदाउन छोडेको होइन र ? ”

भन्नेहरु त सबैतिर निलोको समय आएको छ भन्छन् । निलो सर्व -समावेशीको प्रतीक । सबैलाई समेट्ने निलो रंग । खोज्ने समावेशी निलो । जोड्ने घरभित्रकै जिलो । अनि नगिजियोस् त पिलो ।

—- ” जे देखिन्छ त्यो हुन्न ! जे हुन्छ त्यो देखिन्न ।”