धनगढी, २३मङ्सिर । सुदूरपश्चिम पहिलो संस्करणमा पनि फाइनलमा प्रवेश भएको थियो । खेलमा पराजय बेहोरेको विराटनगरले भने एलिमिनेर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
सुदूरपश्चिमले दिएको १ सय ५६ रनको रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा ७८ रन बनाएर अल आउट भयो । विराटनगरका लागि फाफ डु प्लेसिसले सर्वाधिक ३६, मर्चेन्ट डे लाङ्गेले १५ तथा बसिर अहमदले १२ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
सुदूरपश्चिमका लागि हरमित सिंह, स्कट कुगेलेइजन र अविनाश बोहराले दुई/दुई, हेमन्त धामी र कप्तान दीपेन्द्र सिंह ऐरीले एक/एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको उसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५५ रन बनायो । उसका लागि ओपनिङ ब्याटर विनोद भण्डारीले उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले ५२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ६३ रन बनाए ।
त्यस्तै, आरिफ शेख, शेल्डन ज्याक्सनले २०२०, हरमित सिंहले १४, इशान पाण्डेले १३ तथा मुक्तार अहमदले १० रन जोडे । विराटनगरका लागि बलिङमा प्रतिस जीसी, मर्चेन्ट डे लाङ्गेले दुईदुई सूर्य तामाङ र साम हेजलेटले एकएक विकेट लिए ।
Farakdhar

प्रतिक्रिया
FaceBook Comment Plugins