धनगढी, १ पुस । कैलालीमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु भएको छ । घोडघोडी नगरपालिका–२ स्थित घोडाघोडी नगर अस्पताल नजिक भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट स्थानीय ८ वर्षीय गोबिन्द बिष्टको मृत्यु भएको हो ।
बालकको आफैले अध्ययन गर्ने बौनियाको सनराइज बोर्डिङ स्कुलको मप्र०३–००१ क २९४१ नम्बरको बसले ठक्कर दिदा मृत्यु भएको प्रहरीले जनाएको छ ।साडेपानी बस्ने ५७ वर्षीय भागी राम चौधरीले चलाएको उक्त बसले सोही विद्यालयमा कक्षा १ मा अध्ययनरत बालकलाई ठक्कर दिएको थियो ।
विद्यालयबाट बिदा भएर बसमार्फत घरतर्फ ल्याइएका बालकलाई बसबाट झर्ने क्रममा बसले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
अत्तरिया अनलाइन

प्रतिक्रिया
FaceBook Comment Plugins