बाजुराका ८१ वर्षीय नरजित रावल देशकै उत्कृष्ट मौरीपालकका रूपमा सम्मानित

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, १४ माघ । बाजुराको हिमाली गाउँपालिका–६, पाँडीका ८१ वर्षीय नरजित रावल देशकै उत्कृष्ट मौरीपालकका रूपमा सम्मानित भएका छन्। १३ वर्षको उमेरदखि गाउँमा मौरीपालन गर्दै आएका रावललाई गोदावरी कालिज फार्म तथा मौरीपालन स्रोत केन्द्र ललितपुरले मौरीको घारसहित सम्मानित गरेको हो ।

गत मङ्सिरमा केन्द्रले सातै वटा प्रदेशका तीन जना मौरीपालकलाई छनोट गरी तालिममा बोलाएको थियो । दुर्गम जिल्लाको विकट ठाउँमा जीवनभर स्थानीय जातको मौरी पाल्दै आएका रावलले अरूले भन्दा राम्रो मौरीपालन गरेकाले नगद र मौरीको घारसमेतले सम्मानित गरेको केन्द्रले जनाएको छ ।

बाजुरा जस्तो विकट ठाउँमा उनले मौरीपालन गरेर नै गाउँमा मनग्य आम्दानी गरिरहेका छन्। उनको मौरीको मह किन्नका लागि देशभरदेखि पहिला नै अर्डर आउने गर्छ । हिमाली भेगमा रहेको अर्गानिक मौरीको मह स्वास्थ्यका लागि निकै फाइदा हुने गरेकाले उनको मह किन्नका लागि विभिन्न ठाउँदेखि पहिला नै अर्डर आउने गरेको बताए।

उनले भने, “मौरीपालन गर्दै आएको ६८ वर्ष पूरा भएको छ । काठेघारमा मौरीपालन गर्दा पनि पैसाका लागि कहिल्यै घरबाहिर निस्कनु परेको छैन । म कहाँ पैसा लिएर मह किन्न आउनेको सङ्ख्या ठुलो छ । महका लागि माग गर्नेको नाम र कसले कति पैसा दियो भनेर मैले पहिला नै कपीमा टिपेर राख्ने गरेको छु ।”

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय धनगढीले गत वर्ष सुदूरपश्चिमका सबै मौरीपालकलाई बोलाएको थियो । उनि त्यहाँ पनि सबैभन्दा राम्रो मौरीपालक कृषकमा छनोट भएका थिए।

त्यति मात्र होइन रावललाई कृषि ज्ञान केन्द्र बाजुराले पनि अहिले अनुदानको व्यवस्था गर्ने योजना बनाएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताएका छन्।
Dineshkhabar

प्रतिक्रिया

FaceBook Comment Plugins

Leave a Reply

Your email address will not be published. Required fields are marked *