सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

धनगढी टुडे समाचार डेस्क

धनगढी, ३० साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरिएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।

advertisement

यहि साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज विश्वासको मत लिन लागेका हुन । साउन १८ गते मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि २० गते कांग्रेस र एमालेको समर्थनमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

सरकारमा सहभागी भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था रहेको छ । त्यसैका आधारमा मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन लागेका हुन् ।

advertisement

५३ सदस्यीय प्रदेश सभा रहेको सुदुरपश्चिममा बहुमतको सरकार निर्माणको लागि २७ सिट सङ्ख्या आवश्यक पर्छ । अहिले प्रदेश सभामा कांग्रेसका १८, माओवादी र एमालेका ११/११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्रका १/१ जना सांसद छन् ।

मुख्यमन्त्री शाहले कांग्रेसका १८, एमालेका ११ र नाउपाका ७ जनाले मत पाउने सम्भावना देखिएको छ ।