कविता : प्रतिक्षाको फल

धनगढी टुडे समाचार डेस्क

:- केशव काफ्ले

advertisement

उ गयो डाँडै काटेर
बिर्सियो कुन बाटो हिडियो भनेर
पाईलाका डोबहरुले कुदिएका छन पथ्थरहरु
स्मृतिका पानाहरु उसले फ्यालिदियो चपाएर
उसका यादहरु मडारिएकाछन
भुमरीको धुलो सरी
ठोक्किन्छन बेस्सरी मुटुका भित्ताहरुमा
फर्किन्छन फेरि बजारिन्छन अर्को छेउमा

हावाको अभाव पुर्ती गर्न
हावा नै दौडनेछ तँछाडमछाड गरि
बन्ने छ भुमरी चुल्ठाको फेरो सरी
तिम्रो अभाव पुर्ती गर्न
केहि छोडेनछौ सबुद
मन झनै अत्तालिन्छ
सबै दोशी भए निर्दोश शब्द नै हुनेथिएन
सबै तिमी भए म र मेरो अर्थै थिएन
तिमी त सगर छुन हिडेको मुन्छे
हजार डाँडा पार गर्नु

advertisement

केही नभनी गए पनि एउटा कुरा चाहिँ नभुली भन्नू है
तिम्रो लक्ष पुग्यो पुगेन भनेर
म प्रतीक्षा गरीरहने छु।
एक चिजको खोजिमा मान्छे जुनि फालिदिन्छ
मेरो पनि एउटा परीक्षा हुनेछ
साच्ची प्रतिक्षाको फल कस्तो हुनेरहेछ।