धनगढी, २९ बैशाख । दाङको घोराही उपमहानगरपालिकामा दुई जना महिलाको हत्या भएको छ । शनिबार दिउँसो घोराही उपमहानगरपालिका–१० पहेलपारमा घरेलु हतियार बन्चरो प्रहार गरेर हत्या भएको हो ।
घोराही उपमहानगरपालिका–१० पहेलपार निवासी अन्दाजी ५० वर्षीया जुपली बुढा र सुर्खेत जिल्ला बीरेन्द्रनगर नगरपालिका–२ चनाबारी घरभई घोराही उपमहानगरपालिका–१० नारायणपुरमा बस्दै आएकी अन्दाजी ४४ वर्षीया संगीता सुनारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।
बुढाको घरको भान्सा कोठामा बन्चरो प्रहार गरि हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक बुढाको टाउकोमा पछाडी दुई ठाउँ र सुनारको टाउको एक ठाउँ चोट लागेको छ ।
प्रहरी उपरीक्षक केसीले घोराही उपमहानगरपालिका–१० पहेलपारमा हत्या पाएको खवर प्राप्त गरेपछि प्रहरी घटनास्थलमा पुगेर घटनाबारेमा बुझ्ने काम भइरहेको बताउनुभयो । उहाँकाअनुसार प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहर खबर