स्विमिङ पुलमा डुवेर एकजना युवकको मृत्यु

Avatar
धनगढी टुडे समाचार डेस्क

बर्दिया, १५ जेठ । ‘स्विमिङ पुलमा डुवेर एकजना युवकको मृत्यु भएको छ । अत्यधिक गर्मी बढेकोले गर्मी छल्न बर्दियाको गुलरिया स्थित कृष्णसार रिसोर्ट पुगेका १६ वर्षीय अरबिन्द यादवको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एंव प्रहरी नायव उपरिक्षक तुल्सिराम अर्यालले कृष्णसार रिसोर्ट प्रालिको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका यादवको उपचारका लागि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको बताएका छन् । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको गुलरिया प्रहरीले जनाएको छ ।