काठमाडौं, १२ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजास्थान रोयल्सले सराइजर्स हैदरावादलाई ३६ रनले पराजित गरेको छ । जितसङ्गै हैदरावाद फाइनलमा प्रवेश गरेको छ । अव उपाधिका लागि आइतबार हैदरावाद र कोलकाता भिड्ने छन् ।
२०१८ मा उपविजेता भएको हैदरावाद ६ वर्षपछि फाइनलमा पुगेको छ । चेन्नईमा राजस्थानले टस जितेर बलिङ रोजेको थियो । पहिला ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । हैदरावादका लागि हेनरिक क्लासनले सर्वाधिक ५० रन बनाए । राहुल त्रिपाठीले ३७ र ट्राभिस हेड ३४ रन रनमा आउट भए । राजस्थानका लागि ट्रेन्ट बोल्ट र आवेश खानले ३-३ विकेट लिए ।
जवाफमा राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन मात्रै बनाउनसक्यो । ध्रुव जुरेलले सर्वाधिक ५६ रन बनाए । ओपनर यशस्वी जैसवालले ४२ रनको योगदान दिए पनि अन्य ब्याटरको प्रदर्शन खास राम्रो हुन सकेन । हैदरावादका शाहबाज अहमदले ३ तथा अभिषेक शर्माले २ विकेट लिए ।
पहिलो क्वालिफायरमा कोलकाताले हैदरावादलाई पराजित गरेको थियो । हैदरावादले दोस्रो क्वालिफायरमा राजस्थानलाई पराजित गरेपछि कोलकातासँगको उपाधि भिडन्त पक्का गर्यो । फाइनल खेल आइतबार हुँदैछ । कोलकाता दुई पटकको विजेता हो भने हैदरावादले एक पटक आईपीएल जितेको छ ।