कविता

धनगढी टुडे समाचार डेस्क

:– मदन आचार्य
उसले मलाई चिन्न छाडेको गाउँबाट शहर झरेपछि हाे ।
उसले मलाई चिन्न छाडेको उसकाे घरकाे तला बढेपछि हाे ।

advertisement

उसकाे मेराे दुरी बढेकाे मैले मज्दुरीले गाईभैसी पालेपछि
हाे ।
हाे उसको मेराे दुरी बढेकाे उसले शाैखले कुकुर पाल्न थालेपछि हाे ।

उसकाे भाउ ह्वात्तै बढेकाे महङ्गो कार अनि श्रीमतीलाई हिराकाे हार किनेपछि हाे ।
हाे उसकाे हैसियत बढेकाे पैसा कमाउने दाेस्राे बाटाे चिनेपछि हाे ।

advertisement

जब ऊ धनाढ्य अनि उच्च पदस्थमा गनियाे
त्यतिबेला देखि मलाई पाखे अनि गवार भनियाे ।
बाल सखा मात्र हाेइन ऊ सहपाठी साथी थियाे
उचाइमा पुगेपछि भुइँमान्छे किन चिन्थ्याे ।
नाम र दामकाे माेतिबिन्दु लागेपछि कहिल्यै देखिन भनिदियाे

तिमिले चिनेनाै ठिकै छ के भाे र, मैले त राम्ररी चिनेकाे छु ।
फलानो मेराे साथी हाे भन्दै गाउँमा छाति फुलाई हिनेकाे छु ।

तर मलाई थाहा छ, सक्दैनौ तिमी सहन केही कुराले तिमीलाई नपिराेस् ।
कामना यही छ पद पैसा र पहुँचकाे उन्मादले तिम्रो साख कहिल्यै नगिराेस् (२) ।