बझाङ पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले प्रतिव्यक्ति एक लाख रुपैयाँ दिने

धनगढी टुडे समाचार डेस्क

धनगढी, ३ भदौ । बझाङको बुङ्गल नगरपालिका-१० टुमेडामा पहिरोमा परि मृत्यु भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।मुख्यमन्त्री कमलबहादुर शाहले आज (सोमबार) प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई राहत स्वरुप उक्त रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।

advertisement

मुख्यमन्त्री शाहले पहिरोमा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेका छन् । साथै खोज, उद्दार तथा राहतमा जुट्न सम्बन्धित निकायलाई निर्देशन गरेका छन् ।

पहिरोमा परि ५५ वर्षीया काली धामी, २८ वर्षीया गोल्की धामी, ६ वर्षीया आशिका धामी र वर्ष ३ की लक्ष्मी धामीको मृत्यु भएको छ ।

advertisement