धनगढी, ११ भदौ । कैलालीमा क्रेनको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । क्रेनको ठक्करबाट लम्कीचुहा नगरपालिका–४ का ४२ वर्षीय किरणप्रसाद शर्माको मृत्यु भएको हो ।
जिल्लाको लम्कीचुहा नगरपालिका–४ बलियामा पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश–२–०३–००१क २०२७ नम्बरको क्रेनले हिजो राति नौँ बजेतिर शर्मालाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएका शर्मालाई लालरत्न अस्पताल लम्कीमा उपचारका लागि लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शर्मालाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरेकोमा हिजो राति नै बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । क्रेन र क्रेन चालक धनगढी उपमहानगरपालिका–१९ का २५ वर्षीय सुरज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।