धनगढीमा कार दुर्घटना, चालकसहित चारजना घाइते

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी । धनगढीमा कार दुर्घटना हुँदा चालकसहित चारजना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–१३ मोहनपुरमा धनगढी–अत्तरिया छ लेन सडकखण्डमा से १ च १७२५ नम्बरको कार आइतबार राति १ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कार चालक कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ४७ वर्षीय भोजराज राना, भीमदत्त नगरपालिका–१४ का ३७ वर्षीय उपदेश ठाकुर, धनगढी उपमहानगरपालिका–४ बस्ने २८ वर्षीया सनिशा चौधरी र ३५ वर्षीय रामशरण राना घाइते भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले जानकारी दिए ।

उनकाअनुसार घाइते मध्ये चालक रानाको अवस्था गम्भीर रहेको छ भने अन्य तीनजना भने खतरामुक्त छन् । चालकको नवजीवन अस्पताल र अन्य तीनजनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । कार आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

FaceBook Comment Plugins

Leave a Reply

Your email address will not be published. Required fields are marked *