काठमाडौं, ४ साउन । महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरूवात गरेको छ ।
शुक्रबार श्रीलंकाको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’ मा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो । एसिया कपमा नेपालले पहिलो जित निकालेको हो । यसअघिका दुई संस्करणमा नेपाल सबै खेलमा पराजित भएको थियो ।
शुक्रबार युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालको जितमा ओपनर सम्झना खड्काले अर्धशतक प्रहार गरिन्। उनले ४५ बलमा नटआउट ७२ रन जोडिन् । सम्झनाले ११ चौका प्रहार गरिन्। पूजा महतो ७ रनमा नटआउट रहिन् ।
सीता रानामगरले ७ रन, कविता कुँवरले २ रन, इन्दू वर्मा ६ रन र रुबिना क्षेत्रीले १० रन बनाए
बलिङमा युएईकी कविशाले ३ विकेट लिइन्।