चुनौतीका सपना : कविता

धनगढी टुडे समाचार डेस्क

चुनैतीका सपना
::::– अनु अर्याल धनगढी

advertisement

ढिलपिल ढिलपिल गरेर
पनि दौडिएका सपनाहरु,
कति अँधेरोमा मात्र बोलाउनु।

आज आटँ गरेरै उज्यालो मै बोलाउनु छ।
यो चुनैती भोग्न आतुर मेरा मस्तिष्कहरु,
तिमी तयार हौँ भन्दै आजै सुचना सम्म पढाउनु छ।

advertisement

यी आखाँले सबै दृश्य हरेर
मस्तिष्क सम्म सुचना पुराउदा पनि,
शरीरका प्रत्येक अंगलाई तिमी
सकृय छौ नि भन्दै प्रश्न सम्म दर्शाउनु छ।

अनि अंधकारको सपना भए पो
सजिलै पाइन्थ्यो भन्छ मन ,
यहाँ उज्यालोका सपनाको बेग्लै
चुनैती हुन्छ भन्दै उतर दिन्छ मन,

त्यसैले पाइला पाइलालाई दिन तयार छु
चुनैती आउँ टक्क उभिएर तछाड , मछाड गर
हावा हुरी वतास पनि ल्याउ तर गन्तव्य सम्म नपुगी
हराउने प्रयास नगर किन कि फेरि पनि चुनैतीका सपना
देख्न पुनः तयार हुने छन् मेरा दृष्टि सँगै मस्तिष्कहरू पनि..?